देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन पक्राउ

0

काठमाडौं – आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ब्युरोका एक उच्च अनुसन्धान अधिकारीले बताए ।

उनलाई बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर ब्युरो लगिएको उनले बताए ।

बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।

लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार