देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफूले जितेको खबर सुन्नै नपाई बिते अटलबहादुर

0

काठमाडौं – धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो।

यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो।

‘बुबालाई जित्दैछु भन्ने त थाहा थियो’, उनका छोरा मदनले भने, ‘जितेको खबर सुन्नचाहिँ पाउनु भएन। लगभग हजार मतको नतिजा सुनेर बसेका उनले चार सय हाराहारी मतको नतिजा भने सुन्न पाएनन्।

शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु खाली नभएपछि विराटनगर लगिएको छोरा मदनले बाताए।

विराटनगरको नोबेल अस्पतालमा पुर्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार