देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफैंलाई जन्मदिने आमाको हत्या अभियोगमा छोरा पक्राउ

0

काठमाडौं – धुनषामा आफैंलाई जन्मदिने आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।

धनुषाको सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मनोजले सामान्य घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरिको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार