देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

“आफैं माग्ने आफैं बिरोध गर्ने, यो कस्तो चरीत्र हो ?” – प्रधानमन्त्री देउवा

0

नुवाकोट – प्रधानमन्त्री शेर बहादुर देउवाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । नुवाकोटको ताँदी गाउँपालिकाको प्रशासनिक भवन सोमबार उद्घाटन गर्दै देउवाले अबको लक्ष्य भनेको स्थानीय तहको निर्वाचन भएका कारण त्यसमै केन्द्रीत हुनुपर्ने बताएका हुन ।

एमसिसीको बिषयमा भ्रामक प्रचार गरेको भन्दै आक्रोसित बनेका प्रधानमन्त्री देउवाले भने “आफ्नै सरकारले निर्णय गरेर संसदमा प्रस्तुत गरेको प्रस्ताव आफैंले अनुमोदन गर्न नसक्ने अनि अर्को पार्टीले अनुमोदन गर्दा पनि आलोचना गरेको देख्दा म आश्चर्य चकित भएको छु।” “आफैं माग्ने आफैं बिरोध गर्ने, यो कस्तो चरीत्र हो ?”

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई भने टाउको दुख्यो। रावल त्यसबेला मन्त्री थिए। के उसबेला दिमाग खुस्किएको थियो? हामीलाई केही पनि थाहा छैन भन्ने ठान्नुहुन्छ अब यहाँ?’

एमाले नेता भिम रावलप्रति आक्रोश पोख्दै देउवाले संसद तथा जनतामाझ पूर्व उपप्रधान तथा रक्षामन्त्री रावलले देखाएको डबल स्ट्यान्डर्ड र दुई जिब्रे कुरा गरेर भ्रमको खेतीमात्र गरेको आरोप लगाएका थिए। रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’

कार्यक्रममा पुर्व अर्थमन्त्री डा.रामशरण महत,पुर्व परराष्ट्रमन्त्री एवं कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महत, बागमती प्रदेशकि उप सभामुख राधिका तामाङ, कांग्रेस जिल्ला सभापति रमेश कुमार महत,नुवाकोट क्षेत्र नं १ का सांसद हितमान तामाङ, नुवाकोट कांग्रेस पुर्व सभापति जगदिश्वर नरसिंह केसी बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै ताँदी गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायण पाण्डेले आफ्नो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित भएकोमा सबैप्रती आभार प्रकट गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारै नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका-३ काहुलेस्थित प्रशासनिक भवनको पनि उद्घाटन गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार