देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफ्ना पक्षमा केन्द्रीय सदस्य तानातानमा ओली र दाहाल समूह

0
<p>तस्बिर-कान्तिपुर</p>

तस्बिर-कान्तिपुर

काठमाडौँ – सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल- वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आफ्नो पक्षमा बढीभन्दा बढी केन्द्रीय समिति सदस्यहरू देखाउने दौडधुपमा छन् ।

दुवै पक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । ओलीले पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ९ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने दाहाल-नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने तय गरेको छ ।

बालुवाटारमा ९ बजे बोलाइएको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक अझै सुरु नभएको एक नेताले जानकारी दिए । ‘हामी बैठकस्थलमा नै छौं । बढीभन्दा बढी केन्द्रीय सदस्यहरू जुटाउन लागेका छौं, बैठक केही ढिलोगरी सुरु होला,’ ओलीनिकट ती केन्द्रीय सदस्यले मध्यबिन्दु अनलाइनसँग  भने ।

सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनतिर लागेको हो । आज बस्ने दाहाल-नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने कार्यसूची तय गरेको छ भने ओली पक्षले दाहाललाई कारबाही गर्ने भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार