देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफ्नै कमान्डरबाट निर्घात कुटिएका जवानको इन्क्वायरी शुरु

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिकहरू कमान्डरबाट निर्घात कुटिएका छन् । ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । कुटिएका माझीको शरीरमा गम्भीर नीलडाम छ ।

विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ । सामाजीक संजालमा प्राप्त तस्वीरमा यातना पाएका एक सैनिक जवान रोइरहेको देख्न सकिन्छ ।

मदिरा सेवन गरेका सहसेनानीले नसाकै तालमा सैनिक जवानमाथि आक्रमण गरेको बताइएको छ । तर सैनिक जंगी अड्डामा भने सैनिक जवानहरूले होहल्ला गर्दा वादविवाद भएको र नियन्त्रणका क्रममा बलप्रयोग गर्नु परेको रिपोर्ट पुर्याइएको छ ।

सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यथार्थ यकिन हुने सैनिक मुख्यालयले जनाएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ । फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ ।

घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् । सैनिक घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने सैनिक मुख्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार