देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

0

(सोलुखुम्बु) – आफ्नै बाबुको हत्या गरेको अभियोगमा सोलुखुम्बुबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाकुलुङ गाउँपालिका–४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए ।

ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार