देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

0

काठमाडौं – बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार ५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

शाहीको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको अवस्थामा श्रीमान् र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको केसीले बताए।

श्रीमान् नेपालीले लडेर घाइते भएको बयान दिए पनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डीएसपी केसीको भनाई छ।

सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डीएसपी केसीले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार