देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आफ्नै श्रीमतीलाई तरबार हानी हत्यागर्ने श्रीमान पक्राउ

0

काठमाडौं – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकजना युवकले आफ्नै श्रीमतीलाई तरबार प्रहार गरी हत्या गरेका छन् । ३० वर्षीया चन्द्रकला उराउलाई तरबार प्रहार गर्ने लालु प्रसाद उराउ शुक्रबार राति पक्राउ परेका छन् ।

उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसादलाई घटनाको केही घन्टामै प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थयो ।

विशेष सुचनाका आधारमा प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार