देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कमल थापाले गरे आफ्नो गुटको भेला

0

काठमाडौं – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफुनिकट नेताहरुको छुट्टै भेला गरेका छन् ।

चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार बसेको भेलामा उपाध्यक्षद्धय ध्रुबबहादुर प्रधान, बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी भएका थिए ।

महाधिवेशनमा पराजित भएपछि थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको भनी चर्चा गरिए पनि त्यस्तो भेला नभएको उपाध्यक्ष प्रधानले बताएका छन् ।

राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् ।

उनले आफूहरुलाई बाइपास गरेर लिङ्देनलाई अगाडि नबढ्न चेतावनीसमेत दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार