देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘आफ्नो हैसियत बिर्सिए गठबन्धन नै संकटमा पर्छ’ – महामन्त्री शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन्।

उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारेका हुन्। कांग्रेसभित्र असन्तुष्टि छाएका बेला महामन्त्री शर्माले कुनैपनि दलले आफ्नो हैसियत बिर्सिए गठबन्धन नै संकटमा पर्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताएका थिए ।

‘संविधान रक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ,’ उनले भने।

गठबन्धनमा माधव नेपालले आफूलाई पुरानो एमाले सोचेर हैसियतभन्दा माथि उक्लेर भाग मागिरहेको प्रचण्डको गुनासो र कांग्रेसको जनाधार भएको चितवनमा माओवादी अस्वभाविक रुपमा दाबी गरेको उनको आरोप थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार