देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आमबारी चोकमा आँखा उपचार केन्द्र स्थापना

0

इटहरा – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ को आमबारी चौकमा आँखा उपचार केन्द्र तथा चस्मा घरको स्थापना भएको छ । नेकपा मोरङ जिल्ला कमिटी सदस्य तथा रतुवामाई नगर कमिटी इन्चार्ज सुमन कालिकोटेले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन ।

आँखा उपचार केन्द्रको स्थापनाले सम्बन्धित क्षेत्रका बासिन्दा लाभाम्वित हुने युवा नेता कालिकोटेले बताए ।युवा नेता ताजिम अन्सारीसहित डा.सर्बिन्द यादव, डा. सम्भु यादव र जय प्रकाश यादवले उक्त उपचार केन्द्रको सन्चालन गरेका हुन् ।

आँखा उपचार केन्द्रको स्थापनाले आमबारीबासीको स्वास्थ्यमा थप सेवा पुग्ने संचालक अन्सारीले बताए । आमवारीबासीको आवश्यकतालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र स्थापना गरिएको पनि नेता अन्सारीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार