देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आमाको काजकिरियामा तीन छोरी

0

काठमाडौं – गोरखा जिल्लामा तिन दिदिबहिनीले हिन्दु परम्परा अनुसार आमाको किरिया गरेका छन् । ४१ वर्षीया इन्दिरा नरालको कोभिडका कारण मृत्यु भएपछि उनका तीन छोरीले काजकिरिया गरिरहेका हुन्।

किरियाको क्रममा जेठी र माहिली छोरीले मुण्डन गरेका छन् भने आमाको इच्छानुसार कान्छी छोरिले भने मुण्डन नगरी किरिया बसेकी छन्।

छोराले गर्न सक्ने काम अघि सरेर हामी छोरीले गर्न सक्नुपर्छ भनेर तीन दिदीबहिनीमा हिम्मत आयो अनि आमाको काजकिरिया गरेको जेठी छोरी अर्पना नरालले बताइन्।

नेपाली समाजमा प्रायः छोराले नै आमाबुबाको काजकिरिया गर्ने चलन छ। छोरी भएर पनि आमाको किरिया बस्दा सबैको सहयोग पाएको उनीहरूको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार