देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आम नागरिकको अधिकारप्रति अटुट आस्था रहोस् – उपराष्ट्रपति यादव

0

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले  १७ औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा  शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विगतमा भएका जनआन्दोलन, जनसङ्घर्ष र मधेस जनविद्रोहका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सन्देशमा भनिएको छ, “साथै, त्यस क्रममा अङ्गभङ्ग भएका र बेपत्ता पारिएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

“जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो, यो भावनाबाट कोही पनि किञ्चित विचलित हुनु हुँदैन, किनभने जुन तबका हरेक किसिमले वञ्चित भएर पनि शेषनाग झैँ नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र एकतालाई टिकाई राखेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “तिनीहरुको स्वेच्छिक सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो, सुदृढ र सफल हुन सक्दैन, यो अति मननीय र सारगर्भित भावलाई सम्मान गर्दै अघि बढ्नु निर्विकल्प छ ।”

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार