देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आम हडतालको देशभरी प्रभाव, अष्टलक्ष्मी शाक्य हितमान शाक्य लगायत पक्राउ

0

काठमाडौं– दाहाल नेपाल पक्षको नेकपाले आव्हान गरेको आम हडतालको देशभरी प्रभाव परेको छ। बन्दकर्ताले बिहीबार बिहानै गोगबुमा एक ट्यक्सीमा आगजानी गरेका छन् । कतिपय ठाउँमा बन्दकर्ताहरु र प्रहरीबिच घम्सा घम्सी भएको छ।

आम हडताललाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार एक बिज्ञप्ति प्रकाशित गरी तोडफोड नगर्न आग्रह गरेको थियो। बन्दको समर्थनमा सडकमा उत्रिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

यस्तै पार्टीका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हितमान शाक्य लगायतलार्ई प्रहरीले कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार युवासंघका रमेश मल्ल बागबजारबाट पक्राउ परेका छन भने चाबहिलबाट कृष्ण केसी सहित ६० नेता कार्यकर्ता पक्राउ परेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार