देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण

0

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले सोमबार एक पत्र पठाई पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण आयोग समक्ष बुझाउनु पर्ने छ।

‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव  यज्ञ भट्टराईले बताए ।

केही दिनअघि स्थापितले धुम्बाराहिस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए ।

‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार