देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आयोजकलाई पहिलो खेलमै पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा

0

काठमाडौं -आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहारा क्लबलाई पराजित गर्दै नेपाल एपीएफ फुटबल क्लब पोखरामा सुरु २० औँ संस्करणको क्वार्टरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

एपीएफको जितमा आवास लामिछाने र प्रदीप लामाले एक एक गोल गरे। खेलको १४ औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६०औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे।

प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफले अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार खेल्नेछ। प्रतियोगितामा शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार