देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आरडीटी र पीसीआर विधिबाट हालसम्म १९ हजार ४३२ वटा परीक्षण

0

(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ऱ्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट हालसम्म १२ हजार १ सय ९२ परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ सय ६९ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पोलिमरेज चेन रियाक्शन (पीसीआर) विधिबाट ७ हजार २ सय ४० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन् । त्यसैगरी, आइसोलेसनमा देशभरी १ सय ३ जना रहेका छन् ।

काठमाडौंमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना रहेका छन् ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कुनै संक्रमित नभेटिएको जनाएका हुन् ।

७७ मध्ये ८ जिल्ला बाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भईसकेको र बाँकी जिल्लामा पनि छिटै सुरु गरिने उनले बताए । ताप्लेजुङ, इलाम, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, मनाङ, रुकुम पूर्व र डोल्पामा पनि चाँडै नै परीक्षण सुरु गरिने उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् ।

उनका अनुसार नेपालमा ४८ घण्टायता नयाँ संक्रमित फेला परेका छैनन् । मंगलबार पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता नयाँ संक्रमित थपिएका छैनन् । काठमाडौं उपत्यकामा कोभिड क्लिनीक सञ्चालनका लागि मन्त्रालयले थप १६ वटा निजी अस्पताल सूचीकृत गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार