देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आर्मी एनआरटीसँग बराबरीमा रोकियो

0

(काठमाडौं) – कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी एनआरटी क्लबसँग बराबरीमा रोकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।

लिगमा आर्मीले ८ खेलमा १७ अंकसहित तालिकको शीर्ष स्थानमा कायमै रहेको छ । ८ खेलबाट १२ अंक जोडेको एनआरटी छैंटौ स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार