देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आर्मी र मच्छिन्द्र क्लबबीचको उपाधि होड रोमाञ्चक

0

(ललितपुर) – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीचको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा उक्लने होडका बीच दुवै क्लबले एक अर्कालाई पछाडि पार्ने गरेका छन् ।

११ औं चरणको पहिलो खेलमा रेलिगेशनको संघारमा रहेको सरस्वती युथ क्लबलाई ६–१ गोल अन्तरमा पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको मच्छिन्द्र क्लबलाई आर्मीले केही घण्टा पनि टिक्न दिएन । रेलिगेशनको खतरामा रहेको अर्को टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरमा पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा पर्किएको छ ।

११ खेलबाट आर्मीको २६ र मच्छिन्द्रको २५ अंक छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको विभागीय डर्बीमा आर्मीलाई जित दिलाउन दुवै गोल सन्तोष तामाङले पहिलो हाफमा गरे । एपीएफका लागि आशिष लामाको नाममा एक गोल रह्यो ।

सोही मैदानमा भएको पहिलो खेलमा मच्छिन्द्रले सरस्वती क्लबलाई ६–१ गोल अन्तरमा पराजित गर्‍यो । ४० औं मिनेटमा देवेन्द्र तामाङको गोलबाट अग्रता बनाएको मच्छिन्द्रको जितमा दिपक राईले २ तथा बिशाल राई, सोमिद एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे ।

८७ औं मिनेटमा काजिम बुसारीले सरस्वतीका लागि सान्त्वना गोल फर्काए । पुछारमा रहेको सरस्वतीको ४ र पुछारबाट एक स्थान माथि रहेको एपीएफको ५ अंक छ । लिगमा शुक्रबार थ्रीस्टार र संकटा क्लब तथा नेपाल पुलिस र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार