देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आर्सनललाई पराजित गर्दै एभर्टन दोस्रो स्थानमा उक्लियो

0

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले लन्डन क्लब आर्सनलमाथि २–१ गोलको जित निकालेको छ । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा आर्सनललाई पराजित गर्दै एभर्टन लित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यसअघि एभर्टनले चेल्सीलाई १–० ले तथा लेस्टर सिटीलाई २–० ले पराजित गरेको थियो । एभर्टननका लागि चेल्सीविरुद्ध भने कोलम्बियाका यरी मिनाले हेडबाट निर्णायक गोल गरे ।

रब होल्डिङको आत्मघाती गोलबाट अग्रता लिएको एभर्टनले अग्रता लिएको थियो । ३५ औं मिनेटमा निकोलस पेपेले पेनाल्टी मार्फत खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

टोम डाभिसले पेनाल्टी बक्समा मेटल्यान्ड नाइल्सलाई फउल गरेपछि आर्सनलले प्राप्त पेनाल्टीमा पेपे चुकेनन् । ४५ औं मिनेटमा यारी मिनाले गोल गर्दै घरेलु टोलीलाई २–१ को जित दिलाए ।

एभर्टन १४ खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । शीर्षस्थानको लिभरपुलको ३१ अंक रहेको छ । एक खेल कम खेलेको टोटेनहमको २५ तथा लेस्टरको २४ अंक छ ।

यस्तै, शनिबार राति नै भएको अन्य खेलमा खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हरायो भने न्युकासल र फुलहमले १–१ को बराबरी खेले ।

जित सहित सिटीले प्रिमियर लिगका शीर्ष क्लबसंगको अंक दुरी घटाएको छ । उसले तालिकाको तेस्रो स्थानकाे क्लबमाथि विजय हासिल गरेको हो । सिटी २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ । साउथह्याम्टन २४ अंक सहित पाँचौं स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार