देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आलु, प्याज र स्याउको भ्याट खारेज, मदिरा र चुरोटको कर बढ्यो

0

काठमाडौं – सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी र फलफूलमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त बस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् ।

यसले स्थानीय एंव स्वेदशी उत्पादनलाई प्रर्वद्धन गर्दै स्वच्छ कर प्रणालीको विकास हुनेमा अर्थमन्त्रीको विश्वास छ । 

सरकारले मदिरा र सुर्तीजन्य पदार्थमा भने कर बढाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले मदिरा, वियर, सुर्ती र चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरेको जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार