देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै ‘पिर्के सलामी’ लिएको हुँ – मन्त्री झाँक्री

0
<p>फोटो सामाजिक सञ्जाल बाट</p>

फोटो सामाजिक सञ्जाल बाट

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएकी छिन् । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी हुन् ।

मन्त्री झाँक्रीकै पहलमा उनकै गाउँमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्यात्मक रुपमा  सार्वजनिक गरेपछि यसको व्यापक आलोचना भएको छ ।

उनले सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको बताउँदै भनिन्  आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’,। ‘कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन ।’ मन्त्री झाँक्रीले बताइन् ।

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक र आलोचित हुँदै आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार