देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आवश्यक औषधी र उपकरण तीन दिनभित्र आउँछ : मन्त्री ढकाल

0

(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताएका छन् । पत्रकार सम्मेलनमा आज उनले बोलपत्रमार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी बुधबारै अन्तिम टुंगो लगाउने बताए ।

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याइने उनले जानकारी दिए । मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्याइने तयारी गरिएको छ । उनले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउने बताए ।

मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताए । उनले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको सुनाए । यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाडौं ल्याउने गरिएको थियो ।

मन्त्री ढकालले कतिपय व्यक्तिले लकडाउनले विगतको हडताल जस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गरे । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उनले भने, ‘खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । संकट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने ।’

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पुर्याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भिडभाडबाट बच्न सकिने उनको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उनले बताए । ‘सीमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ’, उनले भने, ‘अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।’

कोरोना भाइरसको परीक्षण गर्ने र निक्र्यौल गर्ने सम्मको काम टेकु अस्पतालले गर्नेगरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उनले जानकारी दिए । महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्य्निर्दे्शित समिति गठन गरिएको जानकारी दिए । मन्त्री ढकालले आज फेरि गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङका ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिए । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार