देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

0

काठमाडौं – पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुने भएको छ । पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लबबिच दिउँसो २ बजे फाइनल खेल हुनेछ ।

प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६ पटक उपाधि जितेका छन्।

फाइनल प्रवेशका लागि मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले हराएको थियो भने सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

अर्कोतर्फ प्रिक्वाटरफाइनलमा साहारा क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको एपीएफले क्वाटरफाइनलमा भुटनिज युथ स्पोर्ट्स क्लबलाई १-३ गोलअन्तरले हराएको थियो। त्यस्तै सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार