देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इजरायल र हमासबिच फेरि युद्ध सुरु

0
<p>गुगल फोटो</p>

गुगल फोटो

काठमाडौं – गाजा क्षेत्रमा फेरि हमास र इजरायलबिच युद्ध सुरु भएको छ । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको हो ।

उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ ।

बिहीबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो । त्यसपछि युद्धविराम सम्झौता अघि बढाइएको छैन । अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन ।

युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार