देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।

जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यसदिनसम्म इजरायल र हमासबीच भइरहेको युद्ध २२ औं दिनमा पुगेको छ ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा प्रस्तुत प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।

यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको बताएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार