देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इजिप्टमा कारबाट तेल चुहिएर भएको दुर्घटनामा ३५ जनाको ज्यान गयो, ५३ जना घाइते

0

काठमाडौं – इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ।

इजिप्टको बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले जनाएको छ।

घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आवश्यक प्रक्रियाकालागी आदेश दिइसकेको छ ।

तीव्र गति, सडकको कमजोर मर्मतसम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्ट सरकारले सडकमा हुने दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार