देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इनोभा अस्पताल, र नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघबिच उपचारमा सहुलियत सम्झौता

0

काठमाडौै – इनोभा अस्पताल प्रा.लि., लाजिम्पाट र नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) बिच स्वास्थ्य उपचार शुल्कमा सहुलियत सम्झौता भएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा सबैभन्दा बढी जोखिममा रहेका निर्माण क्षेत्रका श्रमिकका लागि उपचार गर्न कुनै सहुलियत अस्पताल नभएको श्रमिकको मर्मलाई बुझेर इनोभा अस्पतालले निर्माण क्षेत्रका श्रमिकको सबै प्रकारको उपचारमा ४० प्रतिशत छुट दिने गरी नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघसँग सम्झौता गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं माननीय सांसद प्रदीप पौडेलले अनौपचारिक क्षेत्रका श्रमिक राज्यको मुख्य प्राथमिकमा पर्नुपर्ने बताएका थिए ।

नेता पौडेलले निजामती कर्मचारी, प्रहरी, सेनाहरूको स्वास्थ्य उपचारको लागि अस्पतालहरु खुलेका छन् । तर सबैभन्दा बढी जोखिममा रहेका निर्माण क्षेत्रका श्रमिकका लागि उपचार गर्न कुनै अस्पताल छैन । उनीहरूलाई कुनै सहुलियतको व्यवस्था पनि छैन । त्यसैले श्रमिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले श्रमिकहरूलाई विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष प्रदीप आचार्यले इनोभा अस्पतालसँगको सम्झौताले ३० लाख श्रमिक लाभान्वित हुने बताएका थिए । ‘गिट्टी, ढुंगा, क्रसर, इट्टा, लगायतका क्षेत्रमा काम गर्ने नेपालमा झन्डै ३० लाख श्रमिक छन् । निर्माण व्यवसायीले मात्र १९ लाखलाई काम नै दिएको तथ्याङ्क छ । ३० लाख श्रमिकको अभिभावक बनेर इनोभा अस्पतालले उदाहरणीय काम गरेकोमा श्रमिक नेता प्रदीप आचार्यले इनोभा अस्पतालको प्रशंसा गरेका थिए ।

इनोभा अस्पतालका अध्यक्ष गोकुलप्रसाद पन्तका अनुसार निर्माण क्षेत्रका श्रमिकको कार्ड भएका श्रमिकहरूले आजैबाट ४० प्रतिशत छुट पाउनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार