देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावतीको कोरोना सहायता कोषमा सिन्धु उत्थान केन्द्रको ५० हजार सहयोग

0

(सिन्धुपाल्चोक) – इन्द्रावती गाउँपालिकाले सुरु गरेको कोरोना भाइरस कोभीड-१९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा इन्द्रावती-७, स्थित सिन्धु उत्थान (SUK) नेपालले सहयोग गरेको छ ।

युएनडिपी सँगको साझेदारीमा सिन्धु उत्थान केन्द्रद्वारा संचालित सिडिआरएमपी परियोजनामा कार्यरत कर्मचारीहरुको ३ दिनको पारिश्रमिक बराबरको रकम ५० हजार ५ सय ५० रुपैयाँको चेक आज हस्तान्तरण गरिएको संस्थाका सचीव बासुदेव अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष बंशलाल तामाङ , प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको उपस्तिथिमा उक्त चेक इन्द्रावती गाउँपालिका का लेखापाल बिमल आचार्यलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाका कर्मचारी तथा स्थानीय जनप्रतिनिधि बाहेक उक्त कोषमा रकम सहयोग गर्ने यो पहिलो संस्था भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताए ।

स्थानीय बिकासमा अहम भुमिका खेल्दै आएको सुक नेपाले यसअघि पनि इन्द्रावती गाउँपालिका लाई कोरोना रोकथाम नियन्त्रण सँग सम्बन्धित स्वास्थ सामाग्री सहयोग गरेको सचीव अधिकारीले जानकारी दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार