देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावतीमा काँग्रेस कार्यकर्तालाई प्रशिक्षण

0

सिन्धुपाल्चोक – नेपाली काँग्रेस इन्द्रावती गाउँपालीका कार्यसमितिले एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

इन्द्रावती गाउँपालीकाको वडा नं ११ स्थित एक सभाहलमा पालिका कार्यकर्ता स्तरिय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको काँग्रेस इन्द्रावती गाउँपालीका कार्यसमितिका सभापती जिवनकुमार थापामगरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी काँग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले नेपालमा भएका सबै युगान्तकारी परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको उल्लेख गर्दै काँग्रेसले गरेका कामहरु जनतासामु लैजानु आम काँग्रेसी कार्यकर्ताको दायित्व भएको बताए ।

नेपाली काँग्रेसका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदी इन्द्रावती गाउँपालीका पुर्व अध्यक्ष काँग्रेस महासमिति सदस्य बंशलाल तामाङ र नेपाल महिला संघ केन्द्रिय सदस्य एवं प्रचार प्रसार विभाग संयोजक मञ्जु नेपाल भण्डारीले उपस्थित नेता कार्यकर्तालाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य भरत खड्का नेबिसंघ केन्द्रिय सदस्य राजकुमार भट्टराई लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार