देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावतीमा नेकपा एमाले र YCL बिच झडप

0
<p>फाइल फोटो</p>

फाइल फोटो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० झोलुङ्गेमा माओबादीका गाउँपालिकाका अध्यक्ष उम्मेदवार सहितको वडा नं १० का उम्मेदवारहरुको घरदैलो कार्यक्रममा एमाले कार्यकर्ता बिच दोहोरो झडप भएको भएको छ ।

झडपमा दुबै पक्षको करिब आधा दर्जन कार्यकर्ता घाइते भएको नेकपा माओवादी इन्द्रावतीका वडासचिव रामचन्द्र दुलालले बताएका छन ।

नेकपा एमालेका पुर्ब जिल्ला अध्यक्ष हाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार झम्कनाथ नेपालकै वडामा यो झडप भएको हो ।माओबादिको चुनाब प्रचार प्रसार र घरदैलो कार्यक्रममा र्‍याली सहित झोलुङ्गेमा पुगेको थियो ।

भोट माग्न गाउँ पस्ने क्रममा नेकपा एमालेका कार्यकर्ताहरुले अभद्र व्यबहार गरेको माओवादि केन्द्र इन्द्रावती गाउँपालिका सचीब दिपक न्यौपानेले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार