देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावतीमा १५ शैय्याकाे अस्पताल उद्घाटन

0

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे इन्द्रावती गाँउपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पताल वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आइतबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मन्त्री लामाले नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहेको बताउँदै हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनु अहिलेको सरकारको पहिलो प्राथमीकता रहेको बताए । यस्तै मन्त्री लामाले कोरोना सङ्क्रमणको जोखिम कम गर्नका लागि सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताए ।

स्वास्थ्यमन्त्री लामाले आगामी दिनमा नवलपुर अस्पताललाइ आवश्यक पर्ने जनशक्ति र उपकरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । अस्पताल तयार भएपनी आवश्यक जनशक्ति अभाव रहेको उनको गुनासाे थियो ।

प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख रुपैयाँकाे बजेटमा निर्मित अस्पतालमा उद्घाटन भएकाे हाे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार