देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावती बगरमा यात्रुवाहक बस दुर्घटना, १५ घाईते

0

काठमाडौं – काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती  – १० सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका ११ नम्बर वडाको इन्द्रावती वगरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घाइतेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती – ११ मा उपचार भइरहेको स्थानिय अजय पुर्कुटिले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार