देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इन्द्रावती-७ सिपापोखरेको विद्यालयको भवन हस्तान्तरण

0

सिन्धुपाल्चोक -भुकम्पले क्षतिग्रस्त इन्द्रावतीगाउँ पालिका-७ सिपापोखरेको राजेश्वरी माध्यमिक विद्यालय पुननिर्माण भई हस्तान्तरण गरिएको छ ।  वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई विद्यालय भवनको चावी हस्तान्तरण गरेका हुन् ।

एसियाली विकास बैंक र नेपाल सरकारको सहकार्यमा २४ कोठे पक्की भवन करिब ८ करोडमा शर्मा एण्ड खानी तथा गौरत निर्माण सेवाले निर्माण गरेको हो । १८ महिनामा सकाउने भनेर लिएको विद्यालय भवन निर्माण कम्पनीले समय अगावै सकेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

१२ कक्षासम्म पढाइ हुने विद्यालयमा १८ महिने कृषि प्राविधिकको पढाइ समेत हुने गर्दछ ।
सो विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले गाउँमै कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले तीन वर्ष अघि देखि नै कृषि प्राविधिकको पढाइ सुरु गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए । प्राविधिक विद्यालय सञ्चालनका लागि शिक्षकको तलब र कार्यालय सञ्चालनको आवश्यक खर्च गाउँपालिकाले बेहोर्दै आएको छ ।
१२ वटा माध्यमिक विद्यालय भुकम्पमा क्षति पुगेको गाउँपालिकामा धेरै जसो विद्यालय निर्माणको अन्तिम चरणमा छन् । केही विद्यालय निर्माण भएर गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ भने केही विद्यालय निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार