देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इपीएलको उद्घाटनमा ललितपुर र पोखराबीचको खेल हुने

0

काठमाडौं – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । ईपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार चैत १ गते हुने उद्घाटन खेलमा ललितपुर र पोखरा भिड्ने भएका हुन् । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । तर, लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको लागि क्वालिफायर खेल खेल्ने छ । प्रतियोगिता अन्तर्गतका सबै खेल काठमाडौंमा नै हुने छ ।

चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म हुने प्रतियोगितामा ललितपुर पेट्रियट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले सहभागिता जनाउने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )