देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इरानमा १८० जना सवार बोइङको विमान दुर्घटना

0

एजेन्सी – इरानमा १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ । युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान इरानको राजधानी तेहरानस्थित इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किएभतर्फ उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो । दुर्घटनास्थलमा आपतकालिन सेवाका लागि उद्धारकर्ता परिचालन गरिएको इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनामा भएको क्षतीको पूर्ण विवरण आइसकेको छैन । प्रारम्भिक जानकारी अनुसार दुर्घटना इरान –अमेरिकाबीचको तनावसँग सम्बन्धित नरहेको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार