देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलामको सन्दकपुरमा सशस्त्रको बीओपी स्थापना

0

इलाम – इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण मातहतमा रहने सो बीओपी सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा स्थापना भएको हो । सोमबार एक कार्यक्रमकाबीच सो बीओपीको प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की तथा कृषि राज्यमन्त्री राम रानाले उद्घाटन गरे ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी÷पैठारी÷निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायत विविध काममा परिचालित हुनेछ ।

इलाम जिल्लाको सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल भारत सीमा नाका भन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको बीओपीले आजैबाट दैनिक कार्य सुरु गरेको छ ।

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामान सहित सो ठाउँमा खटिएको हो । सरकारको नीति अनुरुप सीमानालाई अझ मजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।

हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ । पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार