देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलाममा मतगणना आज रातिदेखि

0
<p>इलाम सदरमुकाममा तयार गरिएको मतगणना स्थल । तस्विरः कोकिला ढकाल गोरखापत्र</p>

इलाम सदरमुकाममा तयार गरिएको मतगणना स्थल । तस्विरः कोकिला ढकाल गोरखापत्र

काठमाडौं – इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।

गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई तारबार लगाएर व्यवस्थित गएिको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको छ । 

यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताए । 

‘कम्तिमा ११ बजे सम्ममा सबै केन्द्रका मतपेटिका संकलन भइसक्ने अनुमान छ । त्यसपछि राजनीतिक दलहरुसँग बैठक बसेर आजै रातिबाट मतगणना सुरु हुन्छ’ उनले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार