देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलाममा ७ सय ८० मतले सुहाङ अगाडी

0

काठमाडौं – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गनिसकेपछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् ।

फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ । उता नेपाली कांग्रेसका डम्बरको पक्षमा २७२ मत मात्रै झरेको छ ।

यसअघि सुहाङलाई अग्रता दिलाएको वडा नम्बर ४ मा ९१२ मत खसेको थियो । त्यहाँ कांग्रेसका डम्बरलाई ५३९ मत खसेको थियो ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : ३२४९ (सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २४६९ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ६९६ (मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी) : ४३४ (घण्टी)

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार