देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलाम-२मा विजयी नेम्वाङलाई पराजित खड्काको बधाई

0

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यकता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन्।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबै पक्षलाई समेटेर अगाडि बढ्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो व्यक्तिगत र सिङ्गो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने।

त्यस्तै, कांग्रेस इलाम सचिव पूर्ण प्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिँदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सभासद्को भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन्। 

उनले विजयको  उन्माद र उत्तेजनाको प्रस्तुति भन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावाबेश भन्दा संयम भएर भावी यात्रा तय गर्नु  गर्नु बढी सान्दर्भिक हुने पनि अपेक्षा व्यक्त गरेका छन्।

निर्वाचनमा कांग्रेसका खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।

यस्तै, पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार