देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलाम २ मा रास्वपाबाट मिलन लिम्बू बने उम्मेदवार

0

काठमाडौं – आसन्न उपनिर्वानचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बू उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

इलाम २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषनारायण न्यौपाने रहेका थिए ।

लिम्बूले यसअघि नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । तर, रास्वपाले उनीसँग संवाद गरेपछि उनी साे पार्टीमा आबद्ध भएका थिए । 

यसअघि नेकपा (माओवादी केन्द्र)निकट रहेका लिम्बू साे दल त्यागेर रास्वपाको उम्मेदवार बनेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार