देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इलेक्ट्रिक तथा सोलार सिष्टम बाट चल्ने गाडी अब नेपालमा

0

काठमाडौं – पेट्रोलियम पदार्थ नेपालमा उत्पादन नहुने र आयातमा पटकपटक समस्या झेल्नुपर्ने बाध्यता अब टर्ने भएको छ ।अटोहोस्ट नेपाल प्रालिले नेपालमै पहिलोपटक इलेक्ट्रिक तथा सोलार सिष्टम बाट चल्ने लोभ लाग्दो गाड़ी भित्र्याएको छ ।

काठमाडौंको अनामनगरमा बुधबार एक कार्यक्रमको आयोजना गरि EV-7 र EM-7 मोडलका विद्युतीय तथा सोलार प्रविधिबाट चल्ने दुई मोडलका गाडीहरू कम्पनिले सार्वजनिक गरेको हो । नेपाली भू-बनौट सुहाऊदो सजिलोसँग चार्ज गरेर जस्तोसुकै बाटोमा यात्रा गर्नमिल्ने आरामदायी विद्युतीय सवारी साधन पहिलोपटक नेपालमा भित्रीएको कम्पनिले जनाएको छ ।

कम्पनीका अध्यक्ष सरोज थापाका अनुसार घरमै सामान्य एडप्टरले चार्ज गर्न सकिने यो विद्युतीय गाडीमा ५ घन्टा चार्ज गरेपछि जस्तोसुकै बाटोमा पनि १५० किमि को यात्रा आरामसँग गर्न सकिन्छ । सोलार प्यानल समेत फिट भएको नयाँ मोडलमा त झन थप ३० किमि गुड्ने ब्याकअप रहेको उनले जानकारी दिए ।

छिमेकी मुलुक चिनमा निर्मित उक्त गाडी पहिलो चरणमा दुई मोडलका ४ वटा नेपाल आइसकेको र थप २० वटा तत्काल नेपालमा आउने क्रममा रहेको कम्पनीका सञ्चालक सुनिल तामाङले बताए । साथै थप गाडीहरू तथा शोरुमहरु आवस्यकताका आधारमा बढाउँदै लगिने पनि तामाङले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार