देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

इसिडी शिक्षक शिक्षिकाको तलब १५ हजार

0

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

यस्तै सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार