देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ईश्वरनिन्दा गरेको आरोपमा पाकिस्तानमा एक शिक्षकलाई मृत्युदण्ड

0

एजेन्सी – ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा विश्वविद्यालयका एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ईश्वरको निन्दा गरेको भन्दै बहाउद्दिन जकारिया विश्वविद्यालयका जुनैद हफिज नामका शिक्षकलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुरा लेखेको आरोपमा सन् २०१३ को मार्चमा उनी पक्राउ परेका थिए । पाकिस्तानमा इस्लाम धर्मको निन्दा गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।

आरोपीतहरु अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन् । हफिजको मुद्दा लड्न तयार भएका वकिल रसिद रेहान सन् २०१४ मा बन्धुकधारीको आक्रमणबाट मारिएका थिए । जेलभित्रै अन्य बन्दीहरूबाट समेत आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा राखिएको थियो ।

धमनिन्दा गरेको आरोपमा पाकिस्तानमा अहिलेसम्म ४० जनालाई मृत्युदण्डको सजाएँ सुनाइएको छ । यद्यपी हालसम्म ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार