देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

0
<p>फोटो &#8211; प्रहरी परिसर टेकु</p>

फोटो – प्रहरी परिसर टेकु

काठमाडौं – ईसेवाको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरूबाट ओटीपी (वन टाइम पासवर्ड) मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।

केवाईसी फर्म अपडेट गर्ने लगायत अन्य बहानामा ओटीपी मागेर रकम चोरी गरेकाे भन्दै प्रहरीले रौतहट गौर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटसँगकाे समन्वयमा उनीहरूलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका पाँचै जनाले विभिन्न मोबाइल नम्बरबाट पीडितलाई फोन सम्पर्क गरेर ईसेवाको आधिकारिक कर्मचारी हुँ भनेर प्रयोगकर्तालाई विश्वस्त बनाउँथे ।

त्यसपछि तपाईंको ईसेवा आईडी बैंक खातासँग लिङ्कअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने बनाउने र ५० प्रतिशत क्याश रकम उपलब्ध गराउने आश्वासन दिन्थे । त्यसपछि प्रयोगकर्ताको अकाउन्टमा आएको ओटीपी कोड माग्थे, अनि आफ्नो डिभाइसमा लगइन गर्थे । त्यसपछि प्रयोगकर्ताको वालेट तथा लिङ्क भएको बैंक अकाउन्टबाट रकम आफ्नोमा ट्रान्सफर गर्थे ।

यसरी विभिन्न १८ जना व्यक्तिबाट १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी भएपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा राैतहटका विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्न आएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि काठमाण्डाै जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार