देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

0

काठमाडौं – उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै बक्यौता रकम नतिर्ने व्यापारीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको हो ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सोमबार पत्र पठाएका थिए ।

श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी भुक्तानी लिन बाँकी छ ।

प्रहरीले कृषकको उजुरी र गुनासोको आधारमा नियन्त्रणमा लिएर ठगीमा अन्तर्गत कारबाही गर्ने भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार