देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।

दिउँसो  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी  प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार