देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेनाको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

0

(काठमाडौं) – रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा आयोजना गर्ने उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सकिएको छ । काठमाडौंको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत फागून १९ देखि चलेको तालिमको एक समारोहकाबीच बिहीबार उपरथी ईश्वर हमालले समापन गरेका हुन् ।

समारोहलाई सम्बोधन गदै सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष समेत रहेका उपरथी हमालले तालिमबाट प्राप्त ज्ञानले भविष्यमा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने बताए ।

एडभान्स कोर्स अन नेशनल सेक्युरिटी तालिममा सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृत गरि २२ जनाको सहभागिता थियो ।

उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम २०७२ सालदेखि सुरु भएको हो । अहिलेसम्म यो तालिम १ सय १५ जनाले लिईसकेका नेपाली सेनाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )