देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘उड्यो रे मेरो मन’मा सागर र रोशनीको रोमान्स ( भिडियो )

0

काठमाडौं – गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान (वावु)  ले संगीत संयोजन गरेका हुन्।

कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा ९ धुर्व ० र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र परिक्षा नामक एल्वम सार्वजनिक गरिसकेकाछन्। गायक कडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार